शुक्रबार, भदौ ५, २०८३

संसद् अधिवेशन बोलाउन सिफारिस

सरकारले संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं– सरकारले संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ। यही भदौ २३ गतेदेखि अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।

अधिवेशनबारे बोलाउनेबारे शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए। सरकारले बजेट अध्यादेश पारित नगर्दै संसद् अधिवेशन अन्त्य गरेको थियो। उक्त अध्यादेश असोज दुई गतेसम्म पारित नभए स्वतः निष्क्रिय हुन्छ। 

प्रकाशित: Sep 04, 2021| 16:09 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...