शुक्रबार, भदौ ५, २०८३

गृहमन्त्री र विप्लव नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ। शुक्रबार साँझ उनीहरूबीच गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भेटवार्तामा भएको हो। 

भेटमा सरकारले विप्लव नेकपासँग गरेको सम्झौतालगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। छलफल सकारात्मक भएको बताइएको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेकपासँग तीनबुँदे सम्झौता गरेको थियो। सम्झौतामा सरकारले विप्लव नेकपाका कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने र कारागारमा रहेका नेता कार्यकर्तालाई रिहा गर्ने उल्लेख थियो। 

उक्त सम्झौतापछि विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो। केेही समयअघि विप्लवले नै सबै उच्च तहका नेताहरूसँग भेटघाट गरी सहमति कार्यान्वयन गर्न आग्रह गर्दै आएका थिए।

प्रकाशित: Sep 03, 2021| 20:47 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...