शुक्रबार, भदौ ५, २०८३

वामदेव गौतम राजीनामा बुझाएर एमालेबाट बाहिरिए

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका गौतमले आज शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामापत्र बुझाएका हुन्।

एमाले छाडेर गौतम कता जाने हुन् भन्ने खुलेको छैन। यद्यपि उनी एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने उनी निकटस्थहरुले बताएका छन्।

गौतमले हिजो बिहीबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी पार्टीमा प्रवेश गर्न जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका थिए। आफ्नो शर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग शर्त राखेका छन्।

राजीनामापत्रमा उनले एमाले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका छन्। उनले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने उल्लेख गरेका छन्। 

प्रकाशित: Sep 03, 2021| 19:08 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...