शनिबार, वैशाख ८, २०८१

'स्मार्ट वाच' आविष्कारक आशिष विश्‍व वैज्ञानिक सम्मेलनमा

जनकपुरका युवा वैज्ञानिक आशिष रौनियारको उमेर ३० वर्ष मात्रै पुगेको छ। उमेर कलिलै भए पनि उनको ख्याति र सफलता भने कुनै पाका वैज्ञानिकभन्दा कम छैन।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

जनकपुरधाम– जनकपुरका युवा वैज्ञानिक आशिष रौनियारको उमेर ३० वर्ष मात्रै पुगेको छ। उमेर कलिलै भए पनि उनको ख्याति र सफलता भने कुनै पाका वैज्ञानिकभन्दा कम छैन।

triton college

उनले कलिलै उमेरमा ‘स्मार्ट वाच’को आविष्कार गरेका छन्। यही सफलताकै कारण आगामी जनवरी १४ देखि १७ तारिखसम्म सिंगापुरमा हुन लागेको विश्व वैज्ञानिक सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दैछन्।

विश्वभरका नोबेल पुरस्कार विजेतासँगै करिब दुई सय युवा वैज्ञानिक सहभागी हुने सम्मेलनमा उनी कम्प्युटर विज्ञानको नवीनतम् प्रयोगबारे प्रस्तुति दिँदैछन्।

सन् २०१३ मा सुरु भएको सम्मेलनमा वैज्ञानिकले आविष्कार गरेका प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ।

सम्मेलनमा उत्कृष्ट भएर नेपालको नाम विश्वभर चिनाउने चाहना छ, आशिषको । सम्मेलनमा सहभागी हुनुपूर्व आफ्नो घर जनकपुर पुगेका उनी भन्छन्, “सिंगापुरमा हुन लागेको वैज्ञानिक सम्मेलनमा आफ्नो खोज र प्रस्तुतिमार्फत नेपाललाई उत्कृष्ट स्थान दिलाउने चाहना छ।”

corrent noodles
Metro Mart

कम्प्युटर विज्ञानमा राम्रो दख्खल राखेकै कारण आशिषलाई सम्मेलनका लागि छनोट गरिएको हो। कम्प्युटर विज्ञानमा इन्जिनिरिङ गरेका आशिषलाई नयाँ कुरा पत्ता लगाउने रहर छ। “विज्ञान विषय अध्ययन गरेपछि त्यसको उपयोग आममानिसलाई हुनुपर्छ, नयाँ आविस्कारमार्फत सबैले लाभ लिन सक्नुपर्छ,” उनले भने।

नर्वेको ओस्लो मेट्रोपोलिटन विश्वविद्यालयमा कम्प्युटर साइन्समा विद्यावारिधि गरिरहेका उनले आविस्कार गरेको ‘स्मार्ट वाच’ले बिर्सिने समस्या भएका व्यक्तिलाई स्मरण गराउँछ।

यस्तै, यसले प्रयोगकर्ताको हरेक हाउभाउकाे पनि अध्ययन गर्छ। “मैले वृद्धवृद्धाको आवश्यकता हेरेर यस्तो घडी तयार पारेको छु,” नेपाल समयसँग आशिषले भने, “यदि कुनै वृद्ध एक्कासि लड्ने अवस्थामा छ भने त्यो घडीले उसलाई पहिल्यै सचेत गराउँछ।”

उक्त ‘स्मार्ट वाच’ सन् २०१७ को ‘युरोपियन सेटेलाइट नेभिगेसन’ प्रतियोगितामा उत्कृष्ट भएको उनले जानकारी दिए। उक्त ‘स्मार्ट वाच’लाई नर्वेको बजारमा छिट्टै ल्याउने तयारी भइरहेको आशिष सुनाउँछन्।

आशिषले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, कोरियालगायत मुलुकमा आफ्नो विभिन्न अनुसन्धानसम्बन्धी प्रस्तुति दिइसकेका छन्।

२०६० सालमा जनकपुरको जानकी बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका आशिष दक्षिण भारको बैंगलोरबाट कक्षा १२ र मैसुरबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययन गरेका हुन्।

स्नातकपछि बैंगलोरको एक सफ्टवेयर कम्पनीमा जागिर पाए। तर जागिर गरेर पैसा कमाउनुभन्दा पनि प्रविधि बनाउने केही फरक गर्ने चाहनाले उनलाई स्नातकोत्तर गर्न हौसायो। र, उनी दक्षिण कोरियातर्फ लागे। त्यहाँ स्नातकोत्तर सकेर विद्यावारिधि गर्न आशिष नर्वे पुगे।

विद्यावारिधिकै क्रममा आशिषले कम्प्युटरसँग सम्बन्धित दर्जनौं खोज गरेर स्नातक र स्नातकोत्तर तहमा अध्यापनसमेत गराइरहेका छन्।

विद्यावारिधि सकेपछि स्वदेश फर्केर आइटी र कम्प्युटर विज्ञानको क्षेत्रमा केही गर्ने उनको चाहना छ। “अध्ययनको क्रममा सिकेको सीप र ज्ञानलाई आफ्नै मुलुकको लागि प्रयोग गर्ने चाहना छ,” उनले भने।

नेपालका युवामा नयाँ र फरक कुरा गर्ने व्यापक सम्भावना रहेको बताउँदै उनले त्यस्ता युवालाई सरकारले अवसर दिनुपर्ने उल्लेख गरे।

युवा उमेरमै छोराले कमाएको ख्यातिले जनकपुरको मात्र नभएर मुलुकलाई नै गौरवान्वित बनाएको भन्छन्, आशिषका बाबु अशोक। नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका अशोक छोराको ख्यातिले गर्व महसुस भएको बताउँछन्।

 

प्रकाशित: Dec 30, 2019| 06:18 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...