शुक्रबार, भदौ ५, २०८३

प्रदेश २ का जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

१४औँ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको ५६ जिल्लामा वडा अधिवेशन चलिरहेको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

जनकपुरधाम- १४औँ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको ५६ जिल्लामा वडा अधिवेशन चलिरहेको छ। नेपाली कांग्रेसको ५६ जिल्लामा वडा अधिवेशन चलिरहँदा प्रदेश २ को कुनै पनि जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन। प्रदेश २ को ८ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन सुरु हुन नसकेको बताइएको छ। 

धनुषाको दुइ वटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन सुरु हुन नसकेको धनुषा जिल्लाका सभापति महेशशंकर गिरीले बताए। उनले सदस्यता नविकरण सम्बन्धि कुनै किसिमको विवाद नरहेको जानकारी दिएका छन्। ‘धनुषाको क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा नविकरण वा क्रियाशील सदस्यतालाई लिएर कुनै किसिमको विवाद छैन,’ सभापति गिरिले भने  ‘क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४मा मात्रै विवाद छ।’ 

अगाडी भने ‘क्षेत्रमा कृयाशिल सदस्यतासम्बन्धि फर्म भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएको थियो, क्षेत्रीय सभापतिहरुले केन्द्रिय सर्कुलर अनुसार फर्म नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रिय छानविन समितिले हेरीरहेको छ।’ दूबै क्षेत्रको विवाद समाधान भए लगत्तै धनुषामा पनि वडा अधिवेशन छिट्टै सुरु हुने सभापति गिरिले बताए। 

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले क्रियाशील सदस्यता सम्बन्धि विवादको छिनोफानो हुन नसकेकोले अधिवेशन सुरु हुन नसकेको बताएका छन्। उनले केन्द्रबाट क्रियाशील सदस्यहरुको छिनोफानो गरी नामावली पठाए लगत्तै अधिवेशनको प्रकृया अगाडी बढाउने बताए। 

प्रदेश २ को आठ वटै जिल्लामा एक साता भित्रै वडा अधिवेशन हुने प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए। उनले प्रदेशभरीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्नका लागि प्रयास भईरहेको र चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Sep 03, 2021| 19:25 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...