सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा, कारागारबाट गण लगियो

अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा, कारागारबाट गण लगियो

हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका दुई सैनिक रिहा भएका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, भदौ १८, २०७८

चितवन– सर्ट मेसिन गन (एसएमजी) चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका दुई सैनिक रिहा भएका छन्।

National life

सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गर्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन्।

जेलमुक्त भएपछि सैनिकद्वयलाई चितवनको भरतपुर कारागारबाट सेनाको गाडीमा राखेर कारागारबाट गण लगिएको छ।

सैनिक परिवारले भने आफ्ना परिवारका सदस्यलाई झुटो आरोप लगाइएर साढे दुई वर्ष जेलमा राखेपछि पनि तीन वर्ष बढुवा रोक्का गर्ने फैसला गरिएकाको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो। 

Laxmi sunrise bank
kumari

सैनिक विशेष अदालतको आदेशअनुसार पत्र चितवन जिल्ला कारागारमा पठाएपछि उनीहरु रिहा भएका हुन्। 


सैनिकद्वय तामाङ र गुरुङले चोरी गरेको भनिएको साउन ७ गते चितवनमा सैनिक भरत गुरुङको हत्यामा गंगाधर ढकालले प्रयोग गरेको खुलेपछि यो मुद्दा ढकालतर्फ फर्किएको थियो भने सैनिकद्वयले सैनिक विशेषमा पुनरावेदन गरेको निवेदनमाथि सुनुवाई अघि बढाइएको थियो। विषयमा नेपाल समयले 'गन'ले अन्याय 'गन'ले न्याय शृंखलामा निरन्तर समाचार प्रकाशन गरिरहेको छ। 

उता गन चोरेको र सोही हतियार प्रयोग गरी आफ्नै साथी सैनिक गुरुङको हत्यासमेत आफैँले गरेको स्वीकार गरेका ढकाललाई भने सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ।

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

प्रकाशित: Sep 03, 2021| 17:14 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्