शुक्रबार, भदौ ५, २०८३

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

अमेरिकी सहायता कम्प्याक्ट (एमसीसी)को विरोध गर्दै प्रदर्शनमा उत्रिएका युवाहरु पक्राउ परेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- अमेरिकी सहायता कम्प्याक्ट (एमसीसी)को विरोध गर्दै प्रदर्शनमा उत्रिएका युवाहरु पक्राउ परेका छन्। 'नो एमसीसी'लेखिएका प्लेकार्डसहित काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उत्रिएका युवा पक्राउ परेका हुन्। 

पछिल्लो समय एमसीसीको विरोध पुनः चर्किएको छ। एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार एमसीसीको अवस्थाबारे बुझ्न र राजनीतिक रूपमा सहजीकरण गर्नका लागि नेपाल आउने तय भएपछि यसविरुद्धको स्वर चर्कन थालेको हो। 

अमेरिकाले एमसीसीमार्फत् विद्युत प्रसारण लाइन र सडक निर्माणका लगि ५० करोड अमेरिकी डलर सहयोग गर्ने गरी सम्झौता भइसकेको छ। उक्त सम्झौतालाई संसद्बाट पास गराउनुपर्ने व्यवस्था छ। तर नेपालमा त्यसका लागि राजनीतिक सहमति भएको छैन। 

प्रकाशित: Sep 03, 2021| 16:03 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...