शुक्रबार, भदौ ५, २०८३

जबज स्वीकार गरे एकीकृत समाजवादीमा आबद्ध हुने वामदेवको सर्त

– एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन्। एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरू पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन्। 

निजी सचिवालयमार्फत प्रेस नोट जारी गरेर गौतमले आफूहरू एकीकृत समाजवादीमा प्रवेश गर्न मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद रहनुपर्ने बताएका हुन्। 

प्रेस नोटमा उल्लेख छ, ‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्तबाहेक अरु कुनै सर्त वामदेव गौतमले राख्नुभएको छैन। अन्य सबै प्रकारका प्रचारबाजी गलत भएको जानकारी गराइन्छ।’

प्रकाशित: Sep 03, 2021| 14:46 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...