शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महेश बस्नेतलाई देउवाको चुनौती, पहिला दुर्लभ थापालाई पराजित गरेर देखाउनुस्

महेश बस्नेतलाई देउवाको चुनौती, पहिला दुर्लभ थापालाई पराजित गरेर देखाउनुस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महेश बस्नेतलाई चुनौती दिँदै पहिला कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउन चेतावनी दिएका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महेश बस्नेतलाई चुनौती दिँदै पहिला कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउन चेतावनी दिएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनलाई उद्घाटन गर्दै सभापति देउवाले बस्नेतलाई उक्त चुनौती दिएका हुन्। बस्नेतले केही साताअघि भक्तपुरमा देउवा नै चुनाव लड्न आए पनि आफूले सजिलै पराजित गर्ने बताएका थिए। 

त्यसको जवाफ दिँदै देउवाले बस्नेतलाई पहिले कांग्रेस नेता थापालाई पराजित गर्न सुझाएका छन्। 'बस्नेतजी पहिले यहाँका सभापति दुर्लभ थापालाई पराजित गरेर हेर्नुहोला, अनि मसँग लड्न आउनुहोला', देउवाले भने।

प्रकाशित: Sep 03, 2021| 13:08 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...