मंगलबार, असोज २०, २०८३

पहिरो खसेसँगै हेलम्बु सडक फेरि अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ।

पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ। लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो। 

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन । यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ।  

सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो। त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ। - न्युज कारखाना

प्रकाशित: Sep 03, 2021| 09:27 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।