शुक्रबार, भदौ ५, २०८३

कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका

नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा परिमार्जन गरेको छ। असन्तुष्ट पक्षको माग सम्बोधन गर्न निर्देशिका परिमार्जन गरिएको हो।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा परिमार्जन गरेको छ। असन्तुष्ट पक्षको माग सम्बोधन गर्न निर्देशिका परिमार्जन गरिएको हो। 

जनसंख्याको आधारमा वडा तहको अधिवेशनदेखि महाधिवेशनसम्म क्षेत्रीय प्रतिनिधि चयनका लागि हालै सार्वजनिक गरेको निर्वाचन निर्देशिकामा समावेशी समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भीर त्रुटि देखिएपछि सरोकारवाला पक्षबाट विरोध भएपछि निर्देशिकामा केही परिमार्जन गरिएको हो।

निर्देशिका तयारी समितिका सदस्यद्वय सहमहामन्त्री प्रकाशशरण महत र नेता मीनेन्द्रप्रसाद रिजालले संविधान र निर्वाचन कानुनविपरीत पार्टीको निर्वाचन निर्देशिकामा उल्लेखित प्रावधानले महिला, जनजाति, दलित, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदाय तथा अल्पसंख्यकको प्रतिनिधित्व वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधित्वमा नहुने अवस्थामा यदि सम्बन्धित वडामा उक्त लक्षित समूहका क्रियाशील सदस्य भएसम्म कम्तिमा एक जनाको दरले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा ल्याउने व्यवस्था मिलाउन पार्टीको निर्वाचन समितिलाई परिपत्र गरेका छन्।

यसअघि तयार पारिएको निर्देशिकामा उल्लेखित अनुसूचीले देशका अधिकांश वडामा दलित, थारु, मुस्लिम र मधेसी लगायतको प्रतिनिधित्वको व्यवस्थालाई कटौती गरेपछि दलित, मुस्लिम लगायतका समुदायका नेता, कार्यकर्ताले विरोध जनाएका थिए। 

कांग्रेसको विधान र त्यसका आधारमा तयार गरेको अनुसूचीमा रहेको प्रावधानप्रति गम्भीर आपत्ति प्रकट गर्दै कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष एवं केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा नै दिएका छन्। दलित समुदायमाथि कांग्रेसको निर्वाचन निर्देशिकाले अन्याय गरेकाले आफूले राजीनामा दिएको उनले बताएका छन्।


प्रकाशित: Sep 02, 2021| 20:56 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...