शनिबार, मंसिर १३, २०८२

पोखरा महानगर कांग्रेस सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा

गंगाधर पराजुलीले नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

पोखरा– गंगाधर पराजुलीले नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। पराजुली नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कास्की जिल्ला समितिको सचिव पदमा पराजित भएका थिए। 

National life

उनले आफूलाई कुनै गुट र समूहको नभई नेपाली कांग्रेसको साझा उम्मेदवार भएको दाबा गरे।  ‘केन्द्रको हकमा म शेरबहादुर, रामचन्द्र, सिटौला सबैको हुँ’, उनले भने,  ‘कास्कीको हकमा म शुक्रराज, महादेव, तारानाथको उम्मेदवार हुँ।’ 

तर नेपाली कांग्रेसका कार्यकर्ता  भने उनलाई संस्थापन पक्षको उम्मेदावारको रुपमा चिन्छन्। कांग्रेस कास्कीका एक सदस्यका अनुसार उनले आफूलाई संस्थापन पक्षमा राखेर उम्मेदवारी घोषणा गरेका हुन्। ‘उहाँको भावभंगिामाले उहाँ संस्थापन पक्षको हो भन्ने देखाउँछ’, ती सदस्यले भने, ‘संस्थापन इतरका कार्यकर्ताको भावना बटुल्न उहाँले सबै पक्षको हुँ भन्नुभएको हो।’ पराजुली नेपाल पत्रकार महासंघका पूर्वउपसभापति रन्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष हुन्।

पोखरा महानगरपालिकाको सभापति बन्न पराजुलीबाहेक अन्य चार जना पनि आकांक्षी छन्। अन्य आकांक्षीमा सुरेन्द्र विजुक्छे, मिलन तिवारी, मोहन बाँस्तोला र रामराज लामिछाने छन्।  तीमध्ये रामराज लामिछाने र सुरेन्द्र विजुक्छे पौडेल पक्षका मानिन्छन् भने अन्य सँस्थापन पक्षका मानिन्छन्।  कांग्रेसको वडा अधिवेशन कास्की जिल्लामा शुक्रबार हुँदैछ।

प्रकाशित: Sep 02, 2021| 16:39 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।