बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विश्वलाई नचाउने टिक टक कसको इसारामा नाच्छ ?

टिक टकका मालिक चिनियाँ नागरिक झाङ यिमिङ ‘आर्टिफिसियल इन्टिलिजेन्स’ प्रयोगले ‘टेक्नोलोजी’ मा विश्वभर चर्चाको शिखरमा छन् यतिबेला।
 |  शुक्रबार, मंसिर १३, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

टिक टक। अचेल बालबालिका, किशोर, युवाले असाध्यै रुचाउने एप हो। टिक टकका मालिक चिनियाँ नागरिक झाङ यिमिङ ‘आर्टिफिसियल इन्टिलिजेन्स’ प्रयोगले ‘टेक्नोलोजी’ मा विश्वभर चर्चाको शिखरमा छन् यतिबेला।

himalayan bank box

नाम मात्रै होइन, ३६ वर्षीय झाङ २०१९ मा १३.५ अर्ब डलरको सम्पत्तिसहित ‘हुरुन चाइन रिच लिस्ट’ को प्रमुख २० धनी व्यक्तिमा सूचीकृत बनेका छन्। उनले बाइडु जस्ता पुराना र स्थापित चिनियाँ सर्च इन्जिनका संस्थापकलाई पछाडि पारेका छन्। 

बेइजिङको स्टार्टअप कम्पनी बाइट डान्सले सञ्चालन गर्छ टिक टक प्लेटफर्म। बाइट डान्स चलाउँछन् अरबपति झाङ।
चीन सरकारसँग मिलेर उनले चिनियाँ कन्टेन्टमा नियन्त्रण गर्ने सेन्सर पनि बनाउँछन्।

टिक टकका १५ देखि ६० सेकेन्डसम्मका भिडियो क्लिपमा मानिसहरु कपाल रंग्याउन सिकाउनेदेखि विभिन्न गीतमा नाचिरहेका देखिन्छन्।

२०१६ मा लन्च भएको टिक टकलाई १५० देशबाट १५ अर्ब पटक डाउनलोड गरिसकिएको छ। अमेरिकी रिसर्च एजेन्सी सेन्सर टावरका अनुसार यो भारत, अमेरिका, इन्डानेसिया, नेपालजस्ता देशमा लोकप्रिय छ।

Metro Mart
vianet

यद्यपि टिक टकको बढ्दो प्रयोगले कतैकतै सुरक्षा चिन्ता पनि व्यक्त गरिएको छ। केही साताअघि अमेरिकाका दुई सिनेटरले सरकारसँग यो एपको समीक्षा गर्न माग गरेका थिए। यो एपका माध्यमबाट चीनले युजर्स (प्रयोगकर्ताहरू) को जासुसी गर्नसक्ने उनीहरूको आरोप थियो। 

झाङले सन् २०१२ मा बाइट डान्स सुरु गरेका थिए। यो कम्पनीले युजरको रुचिअनुसार न्युज फिडलाई व्यक्तिगत बनाउन ठूलो परिमाणमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग सुरु गरेको थियो।

चुङ काङ ग्राजुएट स्कुल अफ बिजनेसका असिस्टेन्ट डिन बो जीका अनुसार आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतबाट कम्पनीलाई ठूलो सफलता प्राप्त भयो। किनभने कम्पनीले युवा युजरमा ध्यान दिइरहेको थियो।

उनी भन्छन्, “नयाँ पुस्ता आफ्ना भावना व्यक्त गर्न हमेसा उत्सुक रहन्छ। उनीहरु आफूलाई सीधै अभिव्यक्त गर्न रुचाउँछन्।” यसैकारण चीनबाहिर टिक टक बाइट डान्स कम्पनीको सबैभन्दा लोकप्रिय एप बन्यो। चीनभित्र र विश्वभर चल्ने यो कम्पनीका अन्य उत्पादनमा न्युज एग्रिगेटर र प्रोडक्टिभिटी बढाउने टुल पनि छन्।

यी सबै उत्पादनले झाङलाई एउटा कम्प्युटर प्रोग्रामरबाट व्यवसायीमात्र होइन चीनका अर्बपतिको क्लबमा पुर्‍याएको हो। झाङले २०१७ मा साङ्घाई मुख्यालय भएको लिप–सिङकिङ भिडियो ऐप म्युजिकल्ली खरिद गरेर त्यसलाई टिक टकसँग मर्ज गरेका थिए। यसमा उनले एक अर्ब डलर खर्च गरेका थिए।

बाइट डान्सका संस्थापक अरबपति झांग यिमिंग, एप्पलका टिम कुकका साथमा ।

बो भन्छन्, “झाङ अनौठा कारोबारी हुन्। उनले संसारका लागि केही बनाइरहेका छन्। युवा सोचलाई झाङले राम्रोसँग बुझेका छन्।”

बाइट डान्सको पहिलो प्रमुख र सबैभन्दा लोकप्रिय उत्पादन समाचार वितरण गर्ने एप ‘जिनरी टुटिआओ’ (आजका प्रमुख खबर) थियो।
विशेषज्ञहरु यो एपले चिनियाँमा पढ्ने बानीमा परिवर्तन गराएको ठान्छन्।

यो एपबाट कम्पनीले युजरले के पढिरहेका छन् वा के हेरिरहेका छन् भन्ने थाहा पाउँछ र उनीहरुलाई त्यस्तै विषय पढ्न थप सुझाव दिन्छ। 

टिक टकबाहेक बाइट डान्सले अमेरिकामा अंग्रेजी न्युज एग्रिगेट साइट ‘टपबज’ चलाउँछ। यो कम्पनी इन्डोनेसियाको न्युज एप ‘बाबे’ मा सन् २०१६ देखि सेयर होल्डर पनि छ।

प्रोडक्टिभिटी एप ‘लार्क’ यो कम्पनीको पछिल्लो उत्पादन हो र बाइट डान्सले चाँडै आफ्नै ‘म्युजिक स्ट्रिमिङ सर्भिस’ पनि लन्च गर्ने तयारी गरिरहेको छ जसले ‘स्पटिफाई र एप्पल’ सँग प्रतिस्पर्धा गर्नेछ।

चीनमा बाइट डान्सले हजारौं व्यक्तिलाई ‘सेन्सरिङ स्टाफ’ का रुपमा रोजगारी दिएको छ। यी स्टाफले बाइट डान्सको प्लेटफर्मबाट ‘अनुचित कन्टेन्ट’ हटाउने काम गर्छन्।

चीन सरकारले ‘नग्न र अश्लील सामग्री प्रस्तुत भइरहेको’ आरोपमा प्लेटर्फमाथि केही समय प्रतिबन्ध लगाएपछि कम्पनीले थप २ हजार सेन्सर नियुक्त गरेको थियो। योसँगै कम्पनीले आन्तरिक सेन्सरसिप स्टाफको संख्या बढाएर १० हजार पुर्‍याउने प्रतिबद्धता गरेको थियो।

चीनमा सेन्सरसिप विशेष चासो दिइन्छ। किनभने इन्टरनेटमा यहाँ धेरै खालको नियन्त्रण छ। यद्यपि टिक टकजस्ता एप जब चीनबाट विश्वभर फैलिन्छन्, त्यसपछि सेन्सरसिपमा विभिन्न खालका चुनौती देखापर्छन्। 

बांग्लादेशमा टिक टक प्रतिबन्धित छ। भारतले पनि केही समय प्रतिबन्ध लगाएको थियो।  टिक टकले बालबालिकालाई नग्न सामग्री देखाएको आरोप भारतको छ। यस्तै अमेरिकाले अवैध रुपमा बालबालिकाको जानकारी संकलन गरेको आरोप लगाउँछ।

हालै भाइरल एउटा टिक टक भिडियोले विवाद निम्त्याएपछि उक्त भिडियो प्लेटफर्मबाट हटाइएको थियो। तर, त्यसको तीव्र विरोध भयो। कम्पनीले मानवीय गल्ती भन्दै फेरि उपलब्ध गराएको छ।

मेकअपसम्बन्धी जानकारी दिने उक्त भिडियोमा एक महिला युजरले चीनमा उइगुर मुसलमानका लागि चलाइएको क्याम्पबारे प्रचार गर्ने कोसिस गरेकी थिइन्।

यस्ता गुनासा र विवाद टिक टकमा बेलाबेला आइरहेका हुन्छन्। खासगरी प्लेटफर्ममा चीनविरोधी विचार वा चीनको कुनै आलोचनालाई स्वीकार गरिँदैन।

अर्कोतिर बाइट डान्सले अक्टोबरमा विज्ञप्ति जारी गर्दै चीनलगायत कुनै पनि देशका सरकारबाट प्रभावित नरहेको जनाएको थियो।

यद्यपि, अमेरिकी सिनेटरले त्यहाँको सरकारलाई पत्र पठाउँदै बाइट डान्समार्फत चिनियाँ गुप्तर एजेन्सीले युजरलाई आफ्ना जानकारी दिन दबाब दिन सक्ने र त्यसले आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने उल्लेख गरेका छन्।  एएफपी

प्रकाशित: Nov 29, 2019| 05:53 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्