शुक्रबार, माघ २, २०८२

होसियार ! स्मार्टफोनले रोग निम्त्याउँला 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पछिल्लो समय स्मार्टफोन प्रयोग सामान्यजस्तै भइसकेको छ। सहर मात्रै होइन, ग्रामीण भेगमा समेत यसको पहुँच बढेको छ। सहरमा त हरेकको (बालबालिकाबाहेक) हातहातमा स्मार्टफोन देखिन्छ।

तीमध्ये कतिपय प्रयोगकर्ता त खानेदेखि सुत्नेबेलासम्म यसलाई आफूसँगै राख्छन्। यसले गम्भीर रोग निम्त्याउने सक्ने चिकित्सक बताउँछन्। 

जानकारले यी स्थानमा स्मार्टफोन नराख्न सुझाएका छन्। 

पछाडिको खल्ती

केहीले स्मार्टफोन पाइन्टको पछाडिको खल्तीमा राख्ने गर्छन्। यसले पेट र खुट्टाको दुखाई पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ। 

सिरानीमुनि 

कतिपय मानिस आफ्नो स्मार्टफोन सिरानीमुनि राखेर सुत्ने गर्छन्। यसले टाउको दुख्ने र रिँगाटा लाग्ने समस्या देखिन्छ। स्मार्टफोनबाट उत्पन्न हुने इलेक्ट्रोमेग्नेटिक रेडियसनले मानिसमा यस्तो समस्या देखिने चिकित्सकको भनाइ छ। 

अगाडिको खल्ती 

प्रायः मानिसले आफ्नो स्मार्टफोनलाई अगाडिको खल्तीमा राख्ने गर्छन्। यसबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सकको भनाइ छ। चिकित्सकका अनुसार स्मार्टफोन अगाडिको खल्तीमा राख्दा स्पर्म काउन्ट कम हुने जोखिम हुन्छ। 

बच्चाकाे नजिक

स्मार्टफोनलाई बच्चाकाे नजिक राख्नुहुँदैन। एक अध्ययन अनुसार बच्चाको नजिक स्मार्टफोन राख्दा उनीहरूमा हाइपरएक्टिविटी तथा डिफिसिट डिसअर्डरजस्ता रोग निम्तने खतरा हुन्छ। 

ग्याँसकाे नजिक

किचेनमा ग्याँसनजिक स्मार्टफोन राख्नुहुँदैन, यसले विस्फोट हुने खतरा हुन सक्छ।

एजेन्सीकाे सहयाेगमा
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...