शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • हिमाल आरोहणको विश्व रेकर्ड राखेका निर्मल काठमाडौंमा (फोटोफिचर)

हिमाल आरोहणको विश्व रेकर्ड राखेका निर्मल काठमाडौंमा (फोटोफिचर)

आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका म्याग्दीका निर्मल पुर्जा बुधबार स्वदेश फर्किएका छन्।
 |  मंगलबार, कात्तिक १२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १२, २०७६
National life
Shivam cement
काठमाडौं- सबैभन्दा छाेटाे अबधिमा आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका म्याग्दीका निर्मल पुर्जा बुधबार स्वदेश फर्किएका छन्।

उनी बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उनलाई स्वागत गर्न ठूलो संख्यामा शुभेच्छुक तथा सञ्चारकर्मीहरु उपस्थित भएका थिए।

पुर्जाले पछिल्लो पटक सोमबार चीनको तिब्बतमा रहेको शिशापङ्मा हिमालको चुचुरोमा पुगेर १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहणको विश्व रेकर्ड कायम गरका हुन्।

शिशापङ्मा विश्वको चौथो अग्लो शिखर हो। जसको उचाई ८ हजार २७ मिनर रहेको छ।

यसअघि बेलायती सेनामा कार्यरत निर्मल त्यहाँ हिमचितुवाका रुपमा परिचित थिए। उनले ३ महिनाको अबधिमै १४ वटा हिमाल आरोहण गरेका हुन्।

निर्मलसँगै १४ वटै हिमाल आराेहण सम्पन्न गरेका मिङ्मा ग्याबु शेर्पा पनि स्वदेश फर्किएका छन्।








प्रकाशित: Oct 29, 2019| 18:23 मंगलबार, कात्तिक १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।