शुक्रबार, माघ २, २०८२

गूगलले प्ले स्टोरबाट २९ एप्स हटायो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
संदेहात्मक देखिएका २९ वटा एप्सहरु गूगलले आफ्नो प्ले स्टोरबाट हटाएको छ । 

यि सबै एप्सहरु मिलाएर कुल एक करोडभन्दा बढी पटक डाउनलोड भइसकेका थिए । साइबर सुरक्षामा सक्रिय क्विक हील सिक्योरिटी ल्याब्सले आफ्नो रिपोर्टमा गूगलले ‘मालिशियस एप्स’ प्ले स्टोरबाट हटाएको उल्लेख गरेको छ । 

यसमध्ये ‘मल्टिएम मल्टिपल अकाउन्टस् साइमल्टेनियसली’ नामक एप त ५० लाखभन्दा धेरै पटक डाउनलोड भएको थियो । 

२९ एप्समध्ये २४ को आइकन डाउनलोड गरिसकेपछि हराउँथे तर, होमस्क्रिनमा तीनको शर्टकट बन्थ्यो । जसका कारण यूजरलाई ड्र्याग एण्ड डिलिट गर्न सुविधा उपलब्ध हुँदैनथ्यो । 

क्विकहीलका अनुसार बाँकी पाँच एप्स एडवेयर हुन् । यि सामान्यतया यूट्यूब या फेसबुकमा देखिने विज्ञापनबाट इन्स्टल हुन्छन् । यिनमा यूजरलाई एक्सरे स्क्यानिङ जस्ता अविश्वसनीय सुविधाको लोभ देखाएर एप डाउनलोड गर्न लोभ्याइन्छ । तर, मोबाइलमा विज्ञापन देखाउनका लागि बनाइएका यि एप्सले फोनको ब्याट्री चाँडै सक्काउने र डेटा धेरै खाने गर्छन् । यिमध्ये केहीले पोर्नोग्राफिक कन्टेन्ट शेयर र फर्वर्ड समेत गर्थे । 

लन्च हुँदावित्तिकै केही एपले क्यामरा खोलिदिन्छन् र यूजरलाई फ्ल्यास, लाइट, ग्यालरी जस्ता अप्सन देखाउँछन् । तर, यूजरले जसै यिमध्ये कुनैमा क्लिक गर्छ तब यि फूलस्क्रिन मोडमा विज्ञापन देखाउन थाल्छन् । जसमा बन्द गर्ने कुनै अप्सन हुँदैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...