शुक्रबार, माघ २, २०८२

ओपो ए नाईन र ए फाइभ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ओपोले नेपालमा ओपो ए सिरिज २०२० सार्वजनिक गरेको छ। 

ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो ए नाइन २०२० र ओपो ए फाइभ २०२० मध्यम वर्गीय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेट हो। 

उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज युवा पुस्तामाझ लोकप्रिय बन्ने विश्वास कम्पनीले लिएको छ।

“नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा हामीले यी दूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ। साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नु पनि यसको मूल उद्देश्य हो।”, ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्व पनि गर्छ। 

उनका अनुसार यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्य क्षमताको प्रतिनिधित्व गर्नुका साथै नयाँ पुस्ताका मागको सम्बोधन पनि गर्छ।

ओपो ए सिरिज २०२० ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८ एमपी क्वाड क्यामेरा मार्फत आफूमा निहित रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्ने र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउने कम्पनीको दाबी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...