शुक्रबार, भदौ ५, २०८३

संसदीय दलको नेता छान्न एकीकृत समाजवादीको बैठक सुरु

नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ। एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ। एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो। 

सो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ। एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन्। 

प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्। 

राष्ट्रियसभाका वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जिसी एकीकृत समाजवादीमा आबद्ध भएका छन्। 

एकीकृत समाजवादी दलको बैठकले अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई दलको नेता छान्ने भएको छ। 

प्रकाशित: Aug 29, 2021| 12:38 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...