काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गर्ने भएको छ। दलको नेता चयन गर्न आज नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ।
एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन्। सासद निरा जैरुले पार्टी गठन भएपछि आज दलको बैठक बसेर दलको नेता चयन गरिने जानकारी दिइन्। आजको बैठकले दलको नेतामा माधव कुमार नेपाललाई चयन गर्ने उनले बताइन्।
प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्।
राष्ट्रिय सभाका डा. वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जिसी एकीकृत समाजवादीमा आबद्ध भएका छन्।
एकीकृत समाजवादी दलको बैठकले अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई दलको नेता छान्ने भएको छ। दलको नेताले आजै उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने कार्यक्रम छ।