शुक्रबार, भदौ ५, २०८३

दल विभाजन सम्बन्धी अध्यादेश खारेजका विषयमा बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।प्रधानमन्त्री देउवाले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा मन्त्रिपरिषद् विस्तार बारे छलफल गरिरहेका हुन्।  

क्याबिनेट बिस्तार गर्नुअघि दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने विषयमा समेत नेताहरूबीच छलफल भइरहेको माधव नेपाल निकट एक नेताले बताए।

प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवा सरकारमा कांग्रेसबाट एक राज्यमन्त्रीसहित दुई मन्त्री, माओवादीबाट २ मन्त्री बनेका छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।



प्रकाशित: Aug 29, 2021| 11:16 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...