शुक्रबार, वैशाख ४, २०८३

नेपाल नादेझ्दा कपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय महिला फुबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको लिगको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

नेपाललाई जित दिलाउन खेलकोग एक मात्र गोल स्टार स्ट्राइकर सावित्रा भण्डारीले गरिन्। पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा सावित्राले गोल गरेकी हुन्। उनले खेलको ८६ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण योगदन दिइन्। 

नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइडको इसार गर्दै मान्यता दिएनन्। नेपालले यसअघिको एक खेलमा जित निकाल्न सफल भएको थियो भने एक खेलमा हार व्यहोरेको थियो।

नेपाल पहिलो खेलमा घरेलु टिम किर्गीस्तानसँग ८-२ गोलले विजयी हुँदा दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २-० ले पराजित भएको थियो। अब नेपालले उपाधिका लागि उज्बेकिस्तानको सामना गर्ने छ। उज्बेकिस्तानले यसअघि नै प्रतियोगिताको फाइनलमा स्थान बनाइ सकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।