काठमाडौं - श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनायो।
सुरुवातमै दुई विकेट गुमाउँदै कठिन अवस्थामा पुगेको नेपालको इनिङ्स उकास्ने क्रममा कप्तान रोहितकुमार पौडेलले ६७ रनको योगदान दिए। उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे। पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए भने चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए।
यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए। त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए। कुशल मल्लले २२ रन जोडे।
युएईका आकाश ताहिर र सन्चित शर्माले ३/३ विकेट लिए।
एक खेल अगावै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेकफ नेपाल आज युएईलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४