शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सिडिओले बोलाएको बैठकमा पनि कार्यालय सहयोगी

मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन, सिडिओले बोलाएको बैठकमा पनि कार्यालय सहयोगी

हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। गत ३१ जेठको भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभिन्न बहाना बनाएर जिल्ला बाहिरै बसेका हुन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

लमजुङ- हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। गत ३१ जेठको भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभिन्न बहाना बनाएर जिल्ला बाहिरै बसेका हुन्। 

National life

जिल्ला प्रशासन कार्यालयले बोलाएको बैठकमा पनि दोस्रो र तेस्रो तहका कर्मचारी तथा सहयोगी उपस्थित हुने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले विभिन्न मन्त्रालय, घरायसी काम, प्रगति समीक्षा, कार्यालयको काम देखाउँदै कार्यालय प्रमुखहरु जिल्ला बाहिर रहेको जानकारी प्राप्त भएको बताए। 

जिल्ला समन्वय अधिकारी, मालपोत, घरेलु तथा साना उद्योग, निर्वाचन, सिँचाइ, पूर्वाधार विकास, कोष तथा लेखा नियन्त्रकको कार्यालय, विद्युत प्राधिकरण, स्वास्थ्य, अस्पताल, आयुर्वेद कार्यालय प्रमुखविहीन छन्। यस्तै, खानेपानी, शिक्षा इकाई, नापी, डिभिजन वन कार्यालयका प्रमुख पनि जिल्लामा छैनन । मनाङमा २८ सरकारी कार्यालय छन् ।

चामे, मनाङ, ङिस्याङ, नार्पाभूमि र नासों गाउँपालिकाका प्रमुख प्रशासकीय समेत छैनन् । नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत रुक्मांगत उपाध्याय कार्यालयमा उपस्थित नभएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रशासन कार्यालयले जनाएको छ ।

Laxmi sunrise bank
kumari

कारबाहीका लागि उनलाई मन्त्रालय तानिएपछि निमित्तको जिम्मेवारी पाएका दीपेन्द्र पण्डित पनि कार्यालयमा छैनन् । 

मनाङ ङिस्याङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल ,चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द पनि कार्यालयमा छैनन् । नासों गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीको सरुवा भइसकेको छ । हुलाक कार्यालय कार्यालय सहयोगीको भरमा छ ।

प्रकाशित: Aug 29, 2021| 08:50 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।