शुक्रबार, भदौ ५, २०८३

समाजवादी क्रान्तिको नेतृत्व युवाले गर्नुपर्छ : प्रचण्ड

आफूले पनि युवा अवस्थामा नै क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उनले युवाले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको नेतृत्व युवाहरुले गर्नुपर्ने बताएका छन्। आफूले पनि युवा अवस्थामा नै क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उनले युवाले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन्। 

शनिबार राजधानीमा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

'हाम्रो आशा तपाईंहरू (युवा)माथि छ। अबको समाजवादी क्रान्तिको नेतृत्व युवाहरूले गर्नुपर्छ,' उनले भने। 

कम्युनिस्ट र लोकतन्त्रवादी मिलेका बेला ठूला परिवर्तन भएको र प्रतिक्रियावादी परास्त भएको उल्लेख गर्दै कम्युनिस्ट र लोकतन्त्रवादी गठबन्धनले नै केपी ओलीको निरंकुशता पराजित गरेको उनले उल्लेख गरे। 

प्रकाशित: Aug 28, 2021| 16:28 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...