शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालमाथि खनिए महेश बस्नेत, भने- दामपछि पाउमा सांसद चढाउँदैछन्

माधव नेपालमाथि खनिए महेश बस्नेत, भने- दामपछि पाउमा सांसद चढाउँदैछन्

नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाललाई मन्त्री पदका लागि दल टुक्र्याएको आरोप लगाएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाललाई मन्त्री पदका लागि दल टुक्र्याएको आरोप लगाएका छन्। नेपालले सांसदहरुलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणीसमेत बस्नेतले गरे। 

ललितपुरको लुभुमा शनिबार युथ फोर्सले आयोजना गरेको कार्यक्रममा बस्नेतले भने, ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन्। माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ।’

नेता नेपालले यही लोभले दल विभाजित गरेको आरोप उनको थियो। ‘माधव कमरेड आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झार्नुभएको थियो,’ उनले भने, ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो,' त्यतिबेला केपी ओलीले रोक्नुभयो।’ 

नेता बस्नेतले एमाले बनाउने जिम्मेवारी सबैको रहेको भन्दै माधव नेपालको पछि नलाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।

प्रकाशित: Aug 28, 2021| 15:29 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...