शुक्रबार, भदौ ५, २०८३

आफैंले आफूलाई नेता हुँ भन्ने माधव नेपाल जस्तो कतै देखेको छैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ‘आफैंले आफैंलाई नेता हुँ भन्दै हिँड्ने मान्छे अहलिसम्म कतै नदेखेको’ टिप्पणी गरेका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ‘आफैंले आफैंलाई नेता हुँ भन्दै हिँड्ने मान्छे भएको र त्यस्ता मान्छे अहिलेसम्म आफूले कतै नदेखेको’ टिप्पणी गरेका छन्। 

ललितपुरमा शनिबार आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले भने, 'म नेता हुँ, कसैको कार्यकर्ता होइन रे! यस्ता मान्छे त मैले अहिलेसम्म देखेको छैन।’ 

कार्यक्रममा बोल्दै उनले एमाले छाडेर जानेहरू आफैं खरानी हुँदै जाने दाबी गरे। भने, ‘छोडेर जानेहरू आफै सकिन्छन्। खरानी हुन्छन्। देशमा एमालेको विकल्पमा अरु कुनै पार्टी छैन।’

ओली प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति पनि खनिएका थिए। परमादेशबाट यो सरकार आएकाले आफूहरुले गरेको क्रान्तिप्रति भ्रम छरेको भन्दै उनले त्यसमा जनविश्वास नरहेको दाबी गरेका थिए।

प्रकाशित: Aug 28, 2021| 15:04 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...