शुक्रबार, भदौ ५, २०८३

देउवा र प्रचण्डबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल भएको हो। 

उनीहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ।

प्रकाशित: Aug 28, 2021| 13:08 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...