बिहीबार, फागुन १४, २०८२

भतिजो निर्वाणलाई फिल्म निर्देशन सिकाउँदै सलमान

सलमानले भतिलाई फिल्म निर्देशक बनाउने सोच राखेर काम सिकाउन टाइगर थ्रीको सुटिङमा सँगै लगेका हुन्। २१ वर्षीय निर्वाणले पनि आफ्नो चाहना निर्देशक बन्ने रहेको बताएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

सलमान खानले आफ्नो भतिजो निर्वान खानको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन्।

National life

रुसमा चलिरहेको ‘टाइगर थ्री’को सुटिङमा निर्वाण ‘असिस्टेन्ट डाइरेक्टर’को काम गरिरहेका छन्। निर्वाण सोहेल खानका छोरा हुन्। निर्वाणलाई टाइगर थ्रीको लोकेशनमा लैजाने निर्णय पनि सलमान खानकै थियो।

सलमानले भतिलाई फिल्म निर्देशक बनाउने सोच राखेर काम सिकाउन टाइगर थ्रीको सुटिङमा सँगै लगेका हुन्। २१ वर्षीय निर्वाणले पनि आफ्नो चाहना निर्देशक बन्ने रहेको बताएका छन्। 

त्यसैले उनले अहिले फिल्मको ‘टेक्निकल पक्ष’ र ‘सिने सेटअप’मा काम गरिरहेका छन्। उनी निर्देशनको पहिलो अनुभव लिइरहेका छन्। 

 बिग बजोटको फिल्मबाट ‘कास्ट र क्रू मेम्बर’सँग घुलमिल भयो भने धेरै कुरा सिक्न सकिन्छ। निर्वाणले धेरै कुरा सिकोस् भन्ने चाहेर आफूले सँगै ल्याएको सलमानले बताएका छन्।

Laxmi sunrise bank

टाइगर थ्री फिल्म सन २०१२ मा रिलिज भएको ‘एक था टाइगर’कै सिरिज हो। हाल फिल्मको सुटिङ रुसको सेन्ट पीटर्सबर्गमा भइरहेको छ। जहाँबाट सलमान खानको लुक्स बाहिर आएको थियो। अघिल्ला फिल्ममा झै सलमान यस फिल्ममा पनि ‘रँ एजेन्ड’को भूमिकामा देखिने छन्।

यस फिल्ममा सलमान खानको अपोजिट कैटरिना कैफ रहनेछिन्। मनिष शर्माको निर्देशनमा बन्दै गरेको फिल्म एक्सन मूभी हो।  फिल्ममा इमरान हाशमीले नेगेटिभ भूमिकामा देखिनेछन्। इमरानको इन्ट्री सिनको लागि मात्रै मेकर्सले १० करोड भारतीय रुपैयाँ खर्च गर्दै छ। महङगो एक्सन फिल्ममध्ये यो पनि एक रहने बताइएको छ।

प्रकाशित: Aug 28, 2021| 12:46 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्