शुक्रबार, भदौ ५, २०८३

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

विराटनगर- नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  मन्त्रिपरिषद्‍ले चाँडै पूर्णता पाउने बताएका छन्। गठबन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने उनले बताए। 

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले स्थिर सरकारका लागि गठन्बन्धकबाहेक अन्य दलहरुसँग पनि छलफल भइरहेको मन्त्री कार्कीले बताए। समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरि विकास निर्माणका कार्य सुरु गरिने उनले बताए। राजनीतिक दल सम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याएको प्रष्टीकरण दिएका कार्कीले भने, ‘आगामी संसद् अधिवेशनमा यस सम्बन्धमा छलफल हुनेछ।’ 

फरक प्रसंगमा मन्त्री कार्कीले नेपाली कांग्रेसको महाधिवेशन अब नसर्ने बताए। भदौ १८ गते कांग्रेसको वडास्तरीय अधिवेशन सुरु हुँदैछ। कांग्रेस केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ। 

प्रकाशित: Aug 28, 2021| 12:11 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...