शुक्रबार, भदौ ५, २०८३

पौडेल पक्षका जिल्ला सभापतिको अनशन आज तोडिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले जारी अनशन आज तोड्ने भएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले जारी अनशन आज तोड्ने भएका छन्।

शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले उनीहरूले राख्दै आएका माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिको रिले अनशन स्थगित हुने भएको हो।

पौडेल पक्षका असन्तुष्ट जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्नेलगायत माग राख्दै चार दिनदेखि रिले थालेका थिए।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहका अनुसार सभापति देउवासँगको सहमतिबारे जिल्ला सभापतिहरूलाई शनिबार बिहान ब्रिफ गरिएको थियो। सिंह निवास चाक्सीबारीमा बसेको बैठकले देउवा आफूहरूका माग सम्बोधनका लागि सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने निर्णय गरेको छ।

भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि शुक्रबार नेताहरूबीच सहमति जुटेको थियो। देशभर ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए। 

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र कृयाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका कृयाशिलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

 एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने बिषयमा सहति जुटेको सिंहले बताए।

प्रकाशित: Aug 28, 2021| 11:29 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...