शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारमा जाने विषयमा देउवाले डाके छलफल गर्न तयार छौं : लोसपा अध्यक्ष ठाकुर

सरकारमा जाने विषयमा देउवाले डाके छलफल गर्न तयार छौं : लोसपा अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा जाने विषयमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै छलफल नभएको जनाएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा जाने विषयमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै छलफल नभएको जनाएको छ। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला लोसपाका  अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रस्ट्याएका हुन्। 

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग उनले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय लिइने बताए। 

उनले भने, ‘हामीबीच धेरैपटक भेट भइसकेको छ। सामूहिक रुपमा पनि भेट भइरहेको छ। तर कुनै पनि भेटमा सरकारमा जाने विषयमा छलफल भएको छैन।’ आफूहरू पार्टी निर्माणका विषयमा व्यस्त रहेकाले पनि यसबारेमा छलफल नभएको उनको भनाइ छ। ठाकुरले भने, ‘अब देउवाजीले सोध्नुहुन्छ भने हामी छलफल गर्न तयार छौं।’

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे। उनले भने, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं। चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला।’

प्रकाशित: Aug 27, 2021| 17:39 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...