विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री आचार्यले बलबहादुर साम्सोहाङलाई सामाजिक विकासमन्त्री बनाएका छन् भने लछुमन तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री बनाएका हुन्।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त दुवै मन्त्रीलाई शपथग्रहण पनि गराइसकेका छन्। नवनियुक्त दुवै मन्त्री यसअघि माधव नेपाल समूहमा थिए।
मुख्यमन्त्री आचार्यले नेपाल समूहका सांसदलाई मन्त्री पद दिएर भएपनि सत्ता टिकाउने रणनीति अख्तियार गरेका हुन्। नेपाल समूहका सांसदलाई एमालेमै राख्न आचार्यले विभिन्न अफर दिने गरेको स्रोतले बताएको छ।
एमालेबाहेकाका दलले भने आचार्य नेतृत्वको सरकार एक महिना पनि नटिक्ने दाबी गर्न थालेका छन्।