शुक्रबार, भदौ ५, २०८३

निधिको कार्यक्रममा नजान सभापति देउवाको उर्दी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्यलाई उपसभापति विमलेन्द्र निधिले आयोजना गरेको कार्यक्रममा नजान उर्दी जारी गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा डाकेर कार्यक्रममा नजान भनेका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्यलाई उपसभापति विमलेन्द्र निधिले आयोजना गरेको कार्यक्रममा नजान उर्दी जारी गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा डाकेर कार्यक्रममा नजान भनेका हुन्।

देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘सभापतिज्यूले बालुवाटारमा बैठक छ, उपसभापतिले आयोजना गरेको कार्यक्रममा जानु पर्दैन भन्नुभयो।’

उपसभापति निधिले कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्। सोही प्रयोजनका लागि निधिले शुक्रबार बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा डडेलधुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट सभापति जगदीशनरसिंह केसी, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, प्रदेश २ का मन्त्री रामसरोज यादवलगायतले निधिलाई साथ दिन आइपुगेका छन्। मल्ल र केसी रामचन्द पौडेल समूहका हुन्। पौडेल समूहकै काभ्रे सभापति मधु आचार्य पनि कार्यक्रममा उपस्थित छन्। 

सुर्खेत सभापति कमलराज रेग्मी, धादिङ सभापति रमेश धमला, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, धनुषा सभापति महेशचन्द्र गिरीलगायत पनि निधिको कार्यक्रमममा सहभागी छन्।

प्रकाशित: Aug 27, 2021| 14:35 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...