शुक्रबार, भदौ ५, २०८३

सभापतिमा उम्मेदवारी कांग्रेसलाई बहुमत दिलाउन : निधि

नेपाली कांग्र्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको मागमा समर्थन जनाएका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको मागमा समर्थन जनाएका छन्।

पार्टीको आशन्न चौधौं महाधिवेशनको तयारीका लागि शुक्रबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेपछि उनले भने, ‘१४ औं महाधिवेशन मंसिरमा हुँदैछ। क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिको माग ठिक हो, हामीले थाहा पाउनैपर्छ। तपाईंहरूको प्रोत्साहनका कारण मैले हिम्मत गरेर मैले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको हुँ। देशभरका ८ लाख ५० हजार क्रियाशील सदस्यसँग मेरो आह्वान छ।’

आफू बीपी कोइरालाको इच्छा र चाहनाका कारण नेविसंघको निर्विरोध अध्यक्ष भएको स्मरण गर्दै निधिले त्यसकै परिणामका कारण कांग्रेस र देशको नेतृत्व गर्ने क्षमता वृद्धि भएको सुनाए। सनातन धर्मअनुसार पूजा गरेर सम्पर्क कार्यालय उद्घाटन गरेका निधिले भने, ‘दक्षिणकालीका पुजारी, पशुपतिनाथ मन्दिरका महन्थका प्रतिनिधिले मलाई सभापतिमा विजयी हुनुहोस् भनेर आशिर्वाद दिनुभएको छ। बुद्ध धर्मका लामाहरू पनि आउउनुभएको थियो। आशिर्वाद दिएर जानुभयो। मुस्लिम धर्मका साथीहरू पनि आउनुभएको छ। यसले मलाई हौसला प्राप्त भएको छ।’

नेपाली कांग्रेसलाई आगामी चुनावमा बहुमत ल्याउनका लागि आफूले सभापति हुने इच्छा व्यक्त गरेको निधिले बताए। ‘म कसैलाई पराजित गर्न, रिटायर गर्न र अक्षम घोषणा गर्न सभापति उठ्न खोजेको होइन। म मतदातालाई कांग्रेससँग जोड्न उम्मेद्वार हुन खोजेको हो। तीन वर्षसम्म जसले सत्ता चलायो, उसले संघीयता, लोकतन्त्र र गणतन्त्रको पक्षमा थिएन। बहुमत ल्याउँदा पनि जनतालाई दुःख दिने काममात्र गरेको छ। यो कुरा कांग्रेसले भन्ने हो। महाधिवेशनबाट वैचारिक रूपमा प्रस्ट बनाउने हो। जनतालाइ भरोसा जगाउने हो। कांग्रेस गुटउपगुटबाट माथि उठोस् भन्ने जनताले चाहेका छन्। यही काम गर्न लागि कांग्रेस सभापतिमा उठ्ने तयारी गरेको हुँ,’ उनले भने।

कांग्रेसको क्रियाशील सूचीमा ३५ प्रतिशत युवा रहेको बताउँदै निधिले युवा पुस्ता कांग्रेस नेतृत्वका आउन सकोस् भनेर सहजकर्ताको भूमिका निभाउन सभापति उठ्न लागेको सुनाए। भने, ‘हिमाल, पहाड, तराई जोड्न र सबै धर्मावलम्बीलाई जोड्न चाहन्छु।’ निधिले थपे, ‘धर्मका बारेमा धेरै बहस गर्न जरूरी छैन। सबैलाई आफ्नो धर्म मान्न छुट छ।’


प्रकाशित: Aug 27, 2021| 14:30 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...