शुक्रबार, भदौ ५, २०८३

महाधिवेशन तयारीका लागि निधिले उद्घाटन गरे सम्पर्क कार्यालय

आशन्न चौधौं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय खोलेका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– आशन्न चौधौं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय खोलेका छन्। महाधिवेशनको तयारीका लागि उनले सम्पर्क कार्यालय खोलेका हुन्। 

काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले शुक्रबार सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।  

कार्यक्रममा डडेलधुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट सभापति जगदीशनरसिंह केसी, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, प्रदेश २ का मन्त्री रामसरोज यादवलगायत निधिलाई साथ दिन आइपुगेका छन्। 

मल्ल र केसी रामचन्द पौडेल समूहका हुन्। पौडेल समूहकै काभ्रे सभापति मधु आचार्य पनि कार्यक्रममा उपस्थित छन्। 

सुर्खेत सभापति कमलराज रेग्मी, धादिङ सभापति रमेश धमला, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, धनुषा सभापति महेशचन्द्र गिरीलगायत पनि निधिको कार्यक्रमममा देखिएका छन्। 

कांग्रेसको चौधौं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्मलाई तय गरिएको छ। 


प्रकाशित: Aug 27, 2021| 13:29 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...