बिहीबार, साउन २८, २०८३

छोरीको भेषमा जेलबाट भाग्न खोज्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ब्राजिल – ब्राजिलको रियो दि जेनेरियोमा अवस्थित जेलमा अनौठो घटना घटेको छ । उक्त जेलका एक कैदीले आफ्नै छोरीको भेष गरेर भाग्ने प्रयास गरेका छन्। तर, भाग्ने क्रममा उनी पुनः समातिए। 

उनी हुन्, ४१ वर्षीय क्लोविनो द सिल्भा। सिल्भा लामो समयदेखि लागुऔषध ओसारपोसारको अभियोगमा कैदी जीवन विताइरहेका थिए। 

सिल्भाकी १९ वर्षकी छोरी जेलमा भेट्न आएकी थिइन्। सोही समयमा, सिल्भाले  नक्कली कपाल तथा सिलिकन गर्ल मास्क पनि पहिरिएका थिए। 
 
नक्कली कपाल, टाइट जिन्स प्यान्ट, चप्पल, कोट तथा चस्मा लगाएको पहिरनमा सिल्भा किशोरी जस्तै देखिएका थिए। तर, उनको हिडाइका आधारमा जेलका सेक्रेटरीलाई शंका भए पछि उनी समातिएका थिए। 

भाग्ने क्रममा सिल्भाले आफ्नी छोरीलाई भने जेलमै छोडेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।