शुक्रबार, भदौ ५, २०८३

आलम मुद्दाको सुनुवाइ सर्‍यो

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको मुद्दाको पेसी पुनः सरेको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको मुद्दाको पेसी पुनः सरेको छ। आज शुक्रबारका लागि तोकिएको पेसीमा सुनुवाइ हुन नसकेको हो। उनको मुद्दाको पेसी १५ दिन पछि सरेको छ।

सर्वोच्च अदालतले आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकेको थियो।

विपक्षीका कानुन व्यवसायीले सुनुवाइ स्थगितको माग गरे अनुसार आजको सुनुवाइ हुन नसकेको हो। रौतहटको इँटा भट्टामा मानिस जलाएर मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनले त्यसको विरुद्ध निवेदन दिएका थिए। 

२६ असोज ०७६ मा आलम पक्राउ परेका थिए। जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नक्खु कारागारमा छन्।

प्रकाशित: Aug 27, 2021| 13:12 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...