आइतबार, चैत ८, २०८२

ओलम्पिकका लागि जापानले बनायो मोबाइल मस्जिद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सन् २०२० मा जापानमा ओलम्पिक प्रतियोगिता हुँदैछ। जापानले यसका लागि सबै प्रकारको तयारी गरिरहेको छ। अनौठो विषय त के छ भने जापानले ओलम्पिकमा सहभागी हुने मुस्लिम खेलाडीहरूको लागि मोबाइल मस्जिद बनाएको छ।

मोबाइल मस्जिद्को अर्थ विभिन्न ठाउँमा लैजान मिल्ने मस्जिद हो। यस्तो मोबाइल मस्जिद स्टेडियमको बाहिर राखिने भएको छ। यस मस्जिदमा ५० जना व्यक्तिले एक साथ नमाज पढ्न सक्नेछन्।

यसलाई जापानको टोक्यो स्पोट्र्स एन्ड कल्चर इभेन्ट कम्पनीले बनाएको हो। 

रिर्मोटको इसारमा खुल्छन् गेट र छत

दैनिक भास्करमा उल्लेख भए अनुसार, मस्जिदको गेट र छत रिर्मोटको इसारामा चल्छ।  यस मस्जिद ठूला ट्रकहरूलाई प्रयोग गरेर बनाएको छ।

साढे पाँच सय स्क्वायर फिटको आकारको रहेको छ। रिर्मोटको सहायताले ट्रकको पछिल्लो भागमा सानो सिढी निस्कन्छ र त्यसपछि गेट। भित्री भागमा कार्पेट तथा हात धुने सुविधा छ।

मुस्लिम खेलाडीलाई नमाज पढ्न समस्या नहोस् भनी यस मोबाइल मस्जिदको सञ्चालन गर्ने लागेको जापान टोकियो स्पोट्र्स एन्ड कल्चर इभेन्ट कम्पनीले जनाएको छ।

टोक्यो ४ वटा मात्र मस्जिद भएका कारण यस प्रकारको मोबाइल मस्जिद बनाइएको हो। मोबाइल मस्जिदको प्रयोग जापानमा पहिलो पटक हुन लागेको हो। 

यसअघि इन्डोनेसियामा मोबाइल मस्जिदको प्रयोग सन् २०१६ भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...