बुधबार, साउन २७, २०८३

ब्वाइफ्रेन्डको काम गर्ने 'हग स्पिकर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जापान – जापानको लेवल ५ र ओतोमे युशा भिडियो गेम कम्पनीले संयुक्त रूपमा एक स्पिकर बनाएको छ। ‘ब्वाइफ्रेन्ड हग स्पिकर’ नाम दिएको यस स्पिकरको प्रयोग रोचक रहेको छ। 

तनाव, एक्लोपन तथा डिप्रेसनको बेला यस स्पिकरले अंकमाल गरेर तनाव कम गर्ने काम गर्छ। स्पिकरले अंकमाल गर्दा गीत पनि बज्ने गर्छ। 

महिला लक्षित यस स्पिकरले नक्कली ब्वाइफ्रेन्डको काम गर्ने गर्छ। यो स्पिकर रेस्टुराँ, थिएटर, सपिङमल जता पनि लान सकिन्छ। 

कम्पनीले यस स्पिकरलाई मानिसको जस्तै आकार दिएको छ। सामान्य मानिस जस्तो ठुला दुई पाखुरा यसमा रहेका छन् भने तकिया पनि राखिएको छ। पाखुरामा ब्लुटुथ स्पिकर जडित छ, जसको कारण ब्लुटुथबाट पनि बजाउन सकिन्छ। 

उक्त स्पिकर हालसम्म एक सेट मात्र बनेको कम्पनीले बताएको छ। ‘ब्वाइफ्रेन्ड हग स्पिकर’ बिक्रीको लागि नभई एक प्रतियोगिताको लागि बनेको बताइएको छ।

कम्पनीले ट्वीटरमा सुरू गरेको एक प्रतियोगिताको लागि यो स्पिकर बनाएको हो। बिजेताको नाम अगस्त ९ मा घोषणा हुनेछ। महिलाको लागि बनेको यो स्पिकर पुरूषको लागि पनि बनाउने योजना कम्पनीको रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।