शुक्रबार, माघ २, २०८२

टिकटकले आफ्नै स्मार्ट फोन ल्याउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भिडियो शेयरिङ एप टिकटकबाट ठूलो सफलता हात पारेपछि टिकटक चलाईरहेको कम्पनीले अब स्मार्ट फोन निर्माण गर्ने भएको छ।

हाल सबैभन्दा छोटो समयमा लोकप्रिय हुन सफल एप टिकटक हो जसका ५० करोड भन्दा धेरै प्रयोगकर्ता रहेका छन्।

टिकटकमा १५ सेकेन्डको भिडियो पोस्ट गर्न सकिन्छ। यो एपलाई प्लेस्टोरबाट एक अर्ब पटक डाउनलोड गरिए पनि ५० करोड मानिसले प्रत्यक्षरुपमा प्रयोग गरिरहेको ठानिएको छ।

टिकटकको डेभलपर बाईटडान्स अब स्मार्ट फोन निर्माणको तयारीमा जुटेका हुन्।

बाइटडान्ससँग टिकटकका साथै कयौं अनय भिडियो तथा समाचारमा आधारित एपको स्वामित्व रहेको छ। यसमा स्ल्याक, फ्लिपचार्ट, टोटिओलगायत सामेल छन्।

तर सबैभन्दा बढी लोकप्रिय भने टिकटक नै भएको छ।

चीनको आर्थिक पत्रिका क्याजिङका अनुसार बाईटडान्सको नयाँ स्मार्ट फोन आगामी ७ महिनाभित्र बजारमा आइसक्नेछ।

सन् २०१३ मा चीनको सेल्फी एप बनाउने एक कम्पनी मिटु पनि एपको सफलतासँगै स्मार्ट फोनमा प्रवेश गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...