शुक्रबार, माघ २, २०८२

चन्द्रमामा साबुन लगायत ८ सय प्रकारका फोहोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
 काठमाडौं- अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक प्रतिवेदनका अनुसार चन्द्रमामा करिब ८ सय प्रकारकाे मानवनिर्मित फोहोर थुप्रिएको छ।

नासाका अनुसार चन्द्रमाको जमिनमा ७९६ आइटम फोहोर छ। जसमा ७६५ आइटम फोहोर अमेरिकी मिशनका क्रममा छुटेको छ।

नासाका अनुसार चन्द्रमामा अमेरिकाले गरेको फोहोर ९६ प्रतिशत छ। तर त्यो फोहोर चन्द्रमाको कुन भागमा छ भन्ने एकिन भएको छैन।

नासाले एक नक्सा जारी गर्दै फोहोर थुप्रिएको भाग सार्वजनिक गरेको छ।

अमेरिकाले सन् १९६९ को दशकमा रेन्जर स्पेसक्राफ्टबाट कयौं मानवरहित मिशन चन्द्रमामा पठाएको थियो। रेन्जर ४, ५, ६, ७, ८ र ९ चन्द्रमाको सतहसँग जोक्किएर दुर्घटना भएका थिए। जबकी रेन्जर ३ चन्द्रमाको सतहा नपुग्दै चन्द्रमाको कक्षमा फन्को मारेको थियो।

त्यसपछि अमेरिकाले लुनर अर्बिटर पठाएको थियो। लुनरले त्यहाँका थुप्रै तस्बिरहरु पृथ्वीमा पठाएको थियो, जहाँ पहिलो पटक मानिसलाई उर्तान सहज हुन सक्थ्यो।

सन् १९६९ देखि ७२ सम्म चन्द्रमामा ६ पटक मानिस पुगे। तर यो क्रममा थुप्रै वस्तु चन्द्रमा छुटे। तर ती वस्तु छुटेको ठाउँ अहिले नासालाई नै थाहा छैन। नासाले सार्वजनिक गरेको नक्सामा देखिए पनि त्यो कुन ठाउँ हो भन्ने थाहा छैन।

चन्द्रमामा छाडिएका हरेक वस्तु सबै मिशनका लागि सामान्य थिए। मिशनका क्रममा लगभग सबै ‘पोर्टेबल लाइफ सर्पोट सिस्टम’ त्यतै छाडियो।

चन्द्रमामा साबुन, एन्टी व्याक्टेरियल क्रिम, हाइजीन किटलगायत छुटेको नासाको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...