एजेन्सी- स्वीडेनको ल्यापल्यान्डमा ‘द आर्कटिक बाथ’ नामक होटल र स्पा बन्ने भएको छ ।
पानीमाथि बन्न लागेको उक्त होटेलकमा संसारका धेरै व्यक्तिको चासो भएको छ, कारण यो होटल पानीमा तैरने होटल हो ।
ल्युल नदीमाथि बन्न लागेको यो होटलको निर्माणअघि नै बुकिङ्ग सुरू भइसकेको छ ।
फेब्रुअरी २०२० र देखि फेब्रुअरी २०२१ को लागि बुकिङ्ग खुल्ला भएको छ । निर्माण कै चरणमा रहेको यस होटलमा एक दिनको करिब आठ सय १५ पाउन्ड (एक लाख १२ हजार चानचुन) रहेको छ ।
यस होटलको अर्को आकर्षण भनेको गर्मीको समयमा तैरन्छ भने जाडो महिनामा होटल नतैरने तर, नदी जम्ने कारण होटल पनि जम्नेछ । त्यहाँ साथै स्पाको सुविधा पनि हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४