शुक्रबार, भदौ ५, २०८३

एमाले उपाध्यक्ष वामदेव गौतमले गरे राजीनामा घोषणा

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। केपी शर्मा ओलीलाई नेता मान्न नसक्ने बताउँदै नेता गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

एमालेमा आन्तरिक किचलो सुरु भएपछि गौतमले फरक मत राख्दै आएका छन्। पार्टी दुई गुटमा विभक्त भएपछि उनी कहिले संस्थापन (ओली समूह) त कहिले असन्तुष्ट (माधवकुमार नेपाल समूह) को पक्षमा देखिँदै आएका छन्। यद्यपि, उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै एकता अभियान पनि चलाएका थिए। 

नेता गौतमले ओलीसँग आफ्नो विचार मेल नखाने बताउँदै राजीनामा घोषणा गरेका हुन्। उनले यसअघिको स्थायी कमिटी बैठकमै ओलीलाई उनीसँग रहन नसक्ने बताइसकेको जानकारी दिएका छन्। उनले उपयुक्त समयमा राजीनामा पठाइदिने बताएका छन्।

उनले आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत आफू सहभागी नहुने बताएका छन्। एमालेबाट राजीनामा दिए पनि उनले माधव नेपाल नेतृत्वको पार्टीमा लाग्ने–नलाग्नेबारे भने खुलाएका छैनन्।


प्रकाशित: Aug 26, 2021| 11:51 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...