बुधबार, साउन २७, २०८३

अन्तिम संस्कार हुनै लाग्दा आमा रोएको सुनेर ब्युँझिए किरन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आफ्नो अन्तिम संस्कारको तयारी भइरहेका बेला डाको छोडेर रोइरहेकी आमाको चित्कार सुनेर एक विरामी ब्युँझिएका छन्। यो छिमेकी देश भारतको कथा हो।

तेलंगानामा ‘बे्रन डेथ’ घोषणा भएका १८ सालका एक किशोरले पुनः जीवन पाएका छन्। उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो। त्यतिबेला उनकी आमा ठूलो स्वरमा रोइरहेकी थिइन्।

आमा रोएको सुनेर ती किशोरको आँखाबाट पनि आँशु निस्कियो। यस्तो देखेपछि अन्तिम संस्कारको तयारी गरिरहेका परिवारका सदस्यहरुले तत्काल अस्पताल पुर्याए। परिवारमा खुसीको लहर छायो।

तेलंगनाको सुर्यपेट जिल्लाको पिल्लालमर्री गाउँको घटना हो। त्यसरी नयाँ जीवन पाउने किशोरको नाम गंधम किरन हो।

गंधमकी आमाका अनुसार जव उनी आफ्नो छोराको ‘मृत’ शरीर नजिक बसेर उनी निकै रोइरहेकी थिइन् त्यो समयमा उनले छोराको आँखाबाट पनि आँशु बगिरहेको देखिन्। लगत्तै उनले अरु आफन्तहरुलाई भनिन्।

मेरो छोरा स्वस्थ छन् 

गंधम किरनकी आमा सैदम्माले भनिन, ‘डाक्टरले छोराको हात समातेर भने कि उनी जिउँदैछन्। नाडी पनि चलिरहेको छ। त्यसपछि हाम्रो खुसीको सीमा नै रहेन।’

हैदराबादका चिकित्सकको सल्लाहअनुसार सूर्यपेट जिल्ला अस्पतालका चिकित्सकहरुले किरनको उपचार गरेका छन्।

तीन दिनको उपचारपछि किरनले मान्छे चिन्न र कुरा गर्न सक्ने भए। निको भएपछि बिहीबार चिकित्सकहरुले किरनलाई डिस्चार्जसमेत गरेका छन्।

गम्भीर हेपाटाइटिस

किरणलाई गत जुन २६ मा निकै तिब्र गतिमा ज्वरो आएको थियो। ज्वरो र वान्ताका कारण थलिएपछि उनलाइृ सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकहरुले उनलाई गम्भीर हेपाटाईटिस भएको बताए।

स्वास्थ्य निकै खराब हुँदै गयो। त्यसको दुई दिनपछि २८ जुनमा उनलाई हैदरावाद लगियो।

हैदराबाद लगेको केही दिनमै ३ जुलाईका दिन उनी कोमामा गए।

कोमामा गएपछि चिकित्सकहरुले उनलाई ब्रेन डेथ भएको घोषणा गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।