शुक्रबार, भदौ ५, २०८३

देउवाकै कारण क्रियाशील सदस्यता वितरणमा विवाद : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाएका छन्।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाएका छन्।

प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौंले शोभाभगवतिमा आयोजन गरेको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप नभएकाले समस्या देखिएको बताएका छन्। उनले यसको मुख्य दोषी पार्टी सभापति देउवा भएको आरोप लगाएका छन्।

क्रियाशील विवादलाई पार्टी सभापतिले चाडो टुङ्ग्याउनुपर्ने उनको भनाई थियो। ‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धादली भएको छ। फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ,’ उनले भने। विधिक्रिया अनुसार महाधिबेशन गर्नु पर्नेमा उनको जोड थियो।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधबारबाट जिल्ला सभापतिहरूले अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताएका थिए। कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ, पूर्व मन्त्री राजेन्द्रकुमार केसीलगायत नेताहरूको सहभागीता रहेको थियो।

प्रकाशित: Aug 26, 2021| 11:04 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...