शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल समूह छोडेका आचार्यलाई ठाउँ दिन राजीनामा दिँदै मुख्यमन्त्री राई

नेपाल समूह छोडेका आचार्यलाई ठाउँ दिन राजीनामा दिँदै मुख्यमन्त्री राई

 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन्। माधवकुमार नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउन राईलाई राजीनामा दिन निर्देशन दिइएकाे एमाले उच्च स्रोतले जानकारी दियो। 

यसका लागि प्रदेशको एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेका लागि डाकिएको छ।संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले संसदीय दलको नेताबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी गरिएको एक सांसदले बताए। सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी छ। मुख्यमन्त्री राईले दलका नेताबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा दिने स्रोतको दाबी छ।

नेपाल समूहबाट गुट परिवर्तन गर्दै आचार्य ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। 
माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग २ मत अन्तरले पराजित भएका थिए। नेपाल समूहबाट गुट परिवर्तन गर्दै आचार्य ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए।
नेता आचार्य एकमहिने मुख्यमन्त्री बन्न लागेको नेकपा एकीकृत समाजवादीका एक सासंदले बताए। उनले कुनै हालतमा विश्वासको पद नपाउने उनको दाबी छ। प्रदेश १ मा एमालेका ५१ जना सांसद छन्। समाजवादीले आफ्नो पक्षमा १२ जना रहेको बताएको छ। प्रदेश सभामा कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन्। समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा एमाले केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले बिहीबार सनाखतमा हस्ताक्षर गरेका छन्। 

प्रकाशित: Aug 25, 2021| 21:58 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...