शुक्रबार, माघ २, २०८२

डिप्रेसन नियन्त्रण गर्ने 'स्मार्ट वाच' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – के तपाईलाई झनक्क रिस उठ्ने, मुड चेन्ज भइरहने हुन्छ ? आत्मबोध हुँदाहुँदै यी भावनात्मक आवेगलाई नियन्त्रण गर्न सक्नु भएको छैन। यसको एक समाधान हुनसक्छ, 'स्मार्ट वाच'।

हुनत, मानवीय संवेदनाको कुनै मापन हुँदैन भनिन्छ। तर, विज्ञान र प्रविधिले मारेको यो फड्कोले मानव आवेगको मापन मात्र नभई ती आवेगलाई व्यवस्थापन गर्न समेत सहयोग पुर्‍याउँछ। 

अमेरिकी वैज्ञानिकले स्यान डिएगोमा भएको ‘डिजाइनिङ इन्टरएक्टिभ सिस्टम कन्फरेन्स’ मा एक स्मार्ट वाच पेश गरेका थिए। मानिसको व्यवहार तथा मुड परिवर्तनसँगै स्मार्ट घडीको पनि रंग बदलिन्छ।

कन्फरेन्समै गरिएको परीक्षणमा सहभागीहरूले उक्त घडी ८ देखि १६ घण्टा लगाएका थिए।  उक्त घडी ‘स्मार्ट वियरेबल टेक्नोलोजी’ मा आधारित छ।  यस टेक्नोलोजीले मानिसको ‘इमोसनल डिसअर्डर’ भावनात्मक विचलनलाई बुझ्न सक्छ। यस विषयको जानकारी पाउने बित्तिकै घडीले ‘रे’ परिवर्तन गर्ने, घडी तातिने वा भाइब्रेसन हुने गर्छ। 

घडी लगाएका प्रतियोगीलाई फिल्म हेर्ने, काम गर्ने, खेल्ने, आराम गर्ने, गफ गर्ने जस्ता विभिन्न क्रियाकलाप सहभागी गराइएको थियो। सहभागी आफैं पनि आफ्नो भावनात्मक परिवर्तनको महसुस घडी मार्फत गरिरहेका थिए। 

अध्ययनको अवधिभर महसुस भएका ती भावनात्मक आवेगलाई उनीले लगाएको स्मार्ट घडीले मद्दत गरिरहेको थियो। आश्चर्यको विषय त यो रहन गयो की उक्त स्मार्ट घडीको प्रभाव घडी लगाएको २ दिनसम्म रह्यो। 

सहभागीले आफ्नो भावनात्मक परिवर्तनलाई सजिलै पहिचान र नियन्त्रण गर्नसक्ने भएका थिए। वैज्ञानिक मोहमद उमरले आफ्नो भावनात्मक आवेगलाई पहिचान र नियन्त्रण गर्न नसक्ने व्यक्तिहरूको लागि यो स्मार्ट घडी निकै प्रभावकारी रहने दैनिक भास्करलाई बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...