सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ट्राफिक नियन्त्रण गर्ने मानवरहीत यन्त्र

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
Metro Mart
vianet
जनकपुरधाम – जनकपुरका युवाहरुले ट्राफिक नियन्त्रण गर्नसक्ने मानवरहीत यन्त्र निर्माण गरेका छन्। मेकानिकल इन्जिनियरिङमा अध्ययनरत जनकपुरका युवाहरुले तयार पारेको मानवरहीत यन्त्रले ट्राफिक नियन्त्रण गर्नुका साथै तापक्रम, माटोको प्रकार पत्ता लगाउने र सवारी साधनलाई दुर्घटनाबाट बचाउने काम गर्नेछन्।

टेक्नोमाइन्ड रोबोटिक्स क्लब र द रोबो क्रयू नामक संस्थामा आवद्ध रहेका मेकानिकल इन्जिनियरिङमा अध्ययनरत आधा दर्जन युवाहरु मिलेर यस्तो यन्त्रको निर्माण गरेका हुन्।

दीपक साहको नेतृत्वमा शाहील गुप्ता, सशांक कर्ण, सुभाष शर्मा र शेखर कुमारलगायतका युवाहरुले मानवरहीत यन्त्र निर्माण गरेका छन्। उनीहरु सबैजना मेकानिकल इन्जिनियरिङ पढिरहेका छन्। ती युवाहरुले म्यानुअल ट्राफिक कन्ट्रोल सिस्टम, अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल, मार्स रोबोट, अब्स्टेकल रोबोट, लाइन फ्लोइङ रोबोट लगायतका यन्त्रहरु बनाएका छन्।

अटोमेटिक ट्राफिक लाइट कन्ट्रोलको मद्तबाट कुनैपनि मानवीय सहयोगबिना ट्राफिक लाइटहरुलाई नियन्त्रण गर्न सकिने छ। उनीहरुले निर्माण गरेको अब्स्टेकल रोबोटबाट सडकमा गुडिरहेको सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सकिन्छ। त्यो रोबोट सवारी साधनमा जडान गरिए अगाडि रहेको बाधालाई २० सेन्टिमिटर अगाडि नै पहिचान गरेर सवारी साधनलाई बाटो परिवर्तन गर्न सक्ने बनाउन सकिन्छ। 

त्यस्तै मार्स रोबोटबाट मानिस पुग्न नसक्ने स्थानमा पुगेर त्यहाँको वस्तुस्थिति, त्यहाँको वातावरण, माटो पानी आदीको विषयमा जानकारी संकलन गर्न सहयोग गर्न सकिनेछ। 

नासाले मार्समा पठाएको क्युरोसिटि रोबोटबाट प्रेरित भएर ती युवाहरुले यस रोबोटको निर्माण गरेका हुन्। यो रोबोट निर्माण गरेका उनीहरुले यस रोबोटलाई पृथ्वीमा पनि मानव जान नसक्ने स्थानमा पठाउन सकिने बताए। 

मानवरहीत यन्त्र निर्माण गरेका ती युवाहरुले जनकपुरधाममा एउटा रिसर्च सेन्टरको स्थापना गर्न सरकारसँग माग गरेका छन्। उनीहरुले बनाएका ती यन्त्रहरुको परीक्षणका लागि आयोजित कार्यक्रममा सरकारी सहयोग भए अन्य युवाहरु पनि लाभान्वित हुने भएकोले रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका हुन्। 

ती युवाको नेतृत्वकर्ता दीपक साहले मिथिला रिसर्च सेन्टरको नाममा जनकपुरधाममा संस्था स्थापना गरिए आफुहरुलाई अन्य अविष्कारहरुका लागि सहयोग पुग्ने बताए। उनले सरकारी सहयोग भेटे जनकपुरमै अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल कम लागतमै जडान गर्न सकिने बताए। उनले ५ लाखको लागतमा सीसी टिभीसहित कुनै एक स्थानमा यो प्रणाली जडान गर्न सकिने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...