शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकीका कानुनमन्त्री थापा अरबपति, शिक्षामन्त्रीसँग हीरा र अर्थमन्त्रीसँग निफ्राको सेयर

गण्डकीका कानुनमन्त्री थापा अरबपति, शिक्षामन्त्रीसँग हीरा र अर्थमन्त्रीसँग निफ्राको सेयर

सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग तनहुँ, नवलपुर र काठमाडौंमा जग्गा छ। २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको देखिन्छ। तर उक्त रकम फिर्ता गरेका छैनन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

पोखरा– सरकारमा सहभागी भएको लामो समयपछि गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नियमअनुसार उनीहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो।

National life

युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाउन बाँकी छ। 

सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग तनहुँ, नवलपुर र काठमाडौंमा जग्गा छ। २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको देखिन्छ। तर उक्त रकम फिर्ता गरेका छैनन्। ५ लाख रुपैयाँ एभरेष्ट बैंकमा बचत छ। उक्त रकम तलव बापत प्राप्त भएको खुलाइएको छ। ५ तोला पैत्रिक सुन देखाएका छन्। पोखरेलको नाममा काठमाडौंमा १५ आना जग्गा १५ लाखमा खरिद गरेको देखिन्छ। तनहुँमा साढे ६ रोपनी जमिन छ। श्रीमती लता पोखरेलको नाममा ३ आना ४ पैसामा बनेको साढे २ तले पक्की घर खुलाएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कासँग १ करोड ३२ हजार नगद छ भने ५६ लाख ५० हजारको सेयर छ। उनले ८५ लाख रुपैयाँ अरुलाई ऋण दिएका छन्। पोखरा १६ दीपमा ३८२ वर्गमिटर जग्गा र पक्की घर छ। उक्त सम्पत्ति पैत्रिक भएको उनले खुलाएका छन्। उनकी श्रीमती कमला खड्काको नाममा पोखरा ३३ मा २२२ वर्गमिटर जग्गा छ। माइतीबाट प्राप्त जग्गासँग साटफेर गरेको खुलाइएको छ। यसबाहेक ९५ तोला सुन र ४३ लाख पर्ने फोर्ड गाडी छ।

अर्थमन्त्री रामजी बरालसँग पोखरा २२ मा १ रोपनी ४ आना जग्गा छ। सोही ठाउँमा थप ७ हजार २ सय ५ वर्गमिटर पैत्रिक जग्गा, ४७ लाखमा किनेको थप जग्गा पनि छ। नगद ३ लाख र सुन ४ तोला देखाएका छन्। उनको नाममा १० हजारको सेयर छ। २०७७ सालमा एनआईसि एसिया बैंकबाट १ करोड ऋण लिएका छन्। त्यो रकम तिरेको देखिँदैन। छोरा र बुहारीको नाममा २ वटा मोटरसाइकल र एउटा स्कुटर छ। ६० हजारमा किनेको एउटा गाई पनि छ।

Laxmi sunrise bank
kumari

उर्जा मन्त्री हरिशरण आचार्यको बुबाको नाममा क्षेत्रफल नखुलेको गोरखा पालुङटारमा जग्गा छ। श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखमा खरिद गरेको जग्गा देखाएका छन्। ८ तोला सुन र ५ तोला चाँदी देखाइएको छ। विभिन्न बैंकमा भएको ५० हजार नगद छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका छन्। हालसम्म १० लाख मात्रै तिरेको देखिन्छ। बैंकबाट लिएको ऋणबाटै फर्निचर उद्योग खोलेको विवरण बुझाइएको छ।

मन्त्री दिपक थापाको नाममा पैत्रिक र खरिद गरेको जग्गा स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ मा छ। सोही ठाउँको ८ रोपनीमा उनले सुन्तला बगैंचा बनाएका छन्। पोखरा १४ मा ४० लाख तिरेर १७८ वर्गमिटर जग्गा किनेका छन्। ३० तोला सुन र २० तोला चाँदी पैत्रिक छ। विभिन्न बैंकमा १५ हजार नगद देखिन्छ। उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६१ लाख ५० हजार ऋण लिएको देखाएका छन्। २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा नर्सरी सम्पत्तिको रुपमा उनले खुलाएका छन्।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा सबैभन्दा धनी देखिएका छन्। पोखराका विभिन्न ठाउँमा ६ वटा घर, १०९ कित्तामा जग्गा छ भने ठाउँठाउँमा होटलहरु छन्। ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हीरा पनि उनले देखाएका छन्। दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा लगानी छ। विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता सेयर देखाएका छन्। सबै सम्पत्ति सगोलमा जोडिएको छ। विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण देखिन्छ।

स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसँग लमजुङको दूधपोखरी ४ मा १ लाख ५३ हजार जग्गा र त्यसभित्र बनेको घर छ। लमजुङको जग्गा पैत्रिक हो। चितवन र मकवानपुरमा पनि जग्गा छ। सहिद राहतका रुपमा पाएको रकम जग्गामा लगानी गरेकी हुन्। ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर छ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले चितवनमा ३६ लाखको जग्गा किनेका छन्। बागलुङकै नरेठाँटीमा श्रीमतिको नाममा ८ लाख ४० हजारको जग्गा खरिद गरिएको छ। लेखानीमा पैत्रिक जग्गा छ। यसबाहेक रुपन्देहीमा ५७ लाख ३५ हजारको जग्गा किनेका छन् भने चितवनमा थप २७ लाख ३५ हजारमा जग्गा खरिद गरेको देखाइएको छ। उक्त जग्गाहरु ऋणमा लिएको उनले खुलाएका छन्। विभिन्न बैंक तथा वित्तीय संस्थामा सवा २ लाख नगद छ। उनीसँग विभिन्न कम्पनीको ८५ लाखको सेयर छ भने २ करोड ४० लाख ऋण देखाएका छन्।

मेखलाल श्रेष्ठको नाममा स्याङ्जा र काठमाडौंमा दुईवटा घर छन्। व्यापार र पैत्रिक रुपमा आर्जन गरेका काठमाडौं, पोखरा र स्याङ्जाका ठाउँठाउँमा जग्गाहरु छन्। उनीसँग १५ लाख नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एउटा हिराको औंठी देखाएका छन्। उनीसँग करिव ८ करोड ऋण छ भने भीरकोटमा सुन्तला बगैंचा छ।

सम्पत्ति विवरण बुझाउन बाँकी रहेका दुई मन्त्रीले पनि छिट्टै मुख्यमन्त्री कार्यालयमा विवरण दिने बताएका छन्। 

प्रकाशित: Aug 25, 2021| 15:09 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।