मंगलबार, असोज २०, २०८३

१४ वर्षीया प्रियंका भुजेलको हत्या आरोपमा दुई जना पक्राउ

खोलामा गाडिएको अवस्थामा सर्लाहीमा गत मंगलबार राति एक किशोरीको शव फेला परेको थियो। परिवारले किशोरीको शव अझै जिम्मा लिन मानेको छैन।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

सर्लाही- खोलामा गाडिएको अवस्थामा सर्लाहीमा गत मंगलबार राति एक किशोरीको शव फेला परेको थियो। परिवारले किशोरीको शव अझै जिम्मा लिन मानेको  छैन।

शवको गत बुधबार नै पोस्टमार्टम भइसकेको छ। तर, किशोरीका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै अपराधिलाई हदैसम्मको कारबाही माग गर्दै शव बुझ्न मानेका छैनन्।

स्थानीयको दवावमा रहेको प्रहरीले हत्या आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी–१७ रानीगन्ज गाउँका १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाल रहेका छन्। किशोरी पनि सोही गाउँकी हुन्।

किशोरी बेपत्ता भएसँगै उनीहरू लुक्दै आएका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि शव फेला पारेको हो।

मृतकका बाबु राजेश भुजेलका अनुसार १४ वर्षीया प्रियंका ३१ (आइतबार) बेपत्ता भएकी थिइन्। मंगलबार मात्रै प्रियंकाको शव घरदेखि तीन किलोमिटर पर कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै दुवैलाई सार्वजनिक गरेको छ। किशोरीको दाहालसँग प्रेम सम्बन्ध रहेको र गाउँसमाजले थाहा पाउने डरले हत्या गरेको हालसम्मको अनुसन्धानमा खुलेको एसपी सन्तोषसिंह राठौरले बताए। मृतकको भिसेरा, भजाइनल स्वाबको रिपोर्ट र फोन कल डिटेल आउन बाँकी नै रहेकाले प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 24, 2021| 08:29 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।